एलिनाको दिलमा पस्न ‘गाहृो छ’



अभिनेत्री तथा मोडल एलिना बास्कोटा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पञ्जाबी मोडल ह्यारी चहलको अभिनय रहेको ‘गाहृो छ’ बोलको गीतमा नेपाली मोड लोमस र सन्तोषले पनि अभिनय गरेका छन् ।

राजकुमार बगरको शब्द तथा संगीत रहेको गीतमा पछिल्लो समयकी चर्चित गायिका मिना निरौलाको स्वर छ । उक्त भिडियोको निर्देशन प्रज्वल राज घिमिरेले गरेका हुन् । आइटम बिटमा निर्माण गरिएको गीतले दर्शकको मन जित्ने निर्माण टिमको भनाई छ । गीतको अडियो तथा भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्