‘पासवर्ड’ प्रिमियरमा नेपाल आएकी सन्नीले भनिन्, “सबैभन्दा मनपर्ने देश नेपाल”



चलचित्र ‘पासवर्ड’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । बिहिबार साँझ काठमाण्डौको कुमारी हलमा चलचित्रको भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । बलिउडकी सन्नी लियोनी ‘पासवर्ड’ को प्रिमियरका लागि नेपाल आएकी थिईन् । बिहीबार दिउँसो नेपाल ओर्लिएकी उनी साँझ प्रिमियरमा सहभागी भएकी थिर्यन् । उनलाई हेर्नका लागी कुमारी हलमा दर्शक खचाखच थिए । नेपाल प्रहरीको एक टोलीले उनलाई प्रिमियर अवधिभर कडा सुरक्षा दिएको थियो ।

सन्नी लियोनीले नेपाल आफूलाई संसारकै सबैभन्दा मनपर्ने देश रहेको बताईन् । ‘पासवर्ड’ उनले अभिनय गरेको पहिलो नेपाली चलचित्र हो । उनले ‘पासवर्ड’ सफलताको कामना पनि गरेकी थिईन् । सन्नीले यो चलचित्रमा ‘आजको शाम’ बोलको गीतमा आइटम नृत्य गरेकी छिन् । श्रीमान् डेनियल वेबरसँग नेपाल आएकी सन्नीको बसाइँ शनिबारसम्म हुनेछ ।

प्रिमियरमा चलचित्रका निर्देशक सम्राट बस्नेत, कलाकारहरु अनुपविक्रम शाही, विक्रम जोशी, परि राना, रविन्द्र झा लगायत उपस्थित थिए । अभिनेता भुवन केसी, निर्देशक दीपाश्री निरौला, निर्देशक दीवाकर भट्टराई, संगीतकार अर्जुन पोखरेल , गायीका दुर्गा खरेल लगायतले पनि प्रिमियरमा उपस्थिती जनाएका थिए ।

मुर्ति चोरीको कथामा तयार चलचित्र ‘पासवर्ड’को अधिकांश छायांकन लण्डनमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्