चलचित्र ‘प्रेम संसार’को पहिलो गीत सार्बजनिक (भिडियो)




मंसिर १३ गते बाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘प्रेम संसार’को पहिलो गित सार्बजनिक गरिएको छ ।

आज बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको पहिलो गित देखाइएको हो । ‘सुनैना सुनैना’ बोलको सार्बजनिक गितमा अर्जुन पोख्रेलको शब्द संगीतका साथमा राजेश पायल राई र अन्जु पन्तको स्वर रहेको छ । राम गौतमले कोरियोग्राफ गरेको गीतमा कलाकार प्रेम सोनी र आयुष्मा कार्की फिचर्ड छन् ।

सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको चलचित्रमा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक, यम बहादुर बिक, बिजय सुनार, टंक मरासैनी, किशोर पाण्डे, लगायतको अभिनय रहेको छ ।
प्रेम बहादुर सुनार(गहतराज)को लगानी रहेको चलचित्रमा उतम केसी र देबीन गहतराज कार्यकारी निर्माताका रुपमा छन् । कमल सुनार र सीता सुनारको पनि चलचित्रमा सहकार्य छ ।

चलचित्रमा अर्जुन पोख्रेल र बिबि अनुरागीको संगीत, शंखर महर्जनको एक्सन, एकेन्द्र सारा शंखर र राम गौतमको कोरियोग्राफी, दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ । चलचित्रलाई उपत्यका बाहिर एफ.डि कम्पनि र उपत्यका भित्र रिच इन्टरटेन्टमेन्टले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्