दिपकको निर्देशनमा ‘एकान दुई कान मैदान’



आशिष सचिन गौतम र मेलिना राईको ‘एकान दुई कान मैदान’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित सिरियल भद्रगोलका ‘काकु’ अर्थात दिपक आचार्यको निर्देशनमा तयार भएको गीतमा आशिषसँगै सरोज खनाल, आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन माकुरी लगायत कलाकारको अभिनय रहेको छ । फिल्मी शैलीमा तयार भएका गीतलाई गम्भिर विष्टले कोरियोग्राफ गरेका हुन् ।

हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भिम विसीको संगीत रहेको छ भने संगीत संयोजन उदयराज पौडेलको हो । अर्जुन तिवारीले खिचेको भिडियोलाई जीवन थापाले सम्पादन गरेका हुन् । प्रस्तुत म्युजिक भिडियोलाई दर्शकको चाहानाअनुरुप तयार गरिएको निर्देशक आचार्यले बताए । दर्शकहरुबाट पनि सकारात्मक प्रतिक्रिया आइरहेको उनले बताएका छन् ।

यतिबेला यो भिडियो ट्रेन्डिङमा छ ।

प्रतिक्रिया दिनुहोस्