पलको ‘दिल चोर्ने माकुरी’



सुमन केसी र मेलिना राईले स्वर रहेको गीत ‘दिल चोर्ने माकुरी’(मखमली चोली २) सार्वजनिक भएको छ ।

अम्बिका गुरुङको शब्द रहेको गीतमा राजन खतिवडाको सङ्गीत रहेको छ । पल शाह र एलिशा राई फिचर्ड गीतको भिडिओलाई शान थापाले निर्देशन गरेका हुन् । राजीव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन रहेको छ । भिडिओलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्