रानू मण्डलले गरिन् तेस्रो गीत रेकर्ड



रेलवे स्टेशनमा गीत गाएर आफ्नो पेट पाल्दै आएकी रानू मण्डल रातारात बलिउड गायीका भएदेखी चर्चाको शिखरमा छिन् र धेरैले उनलाई स्टारको ट्याग लगाईदिएका छन् ।

रानूलाई बलिउडमा डेब्यु गराउने बलिउड गायक हिमेश रेशमियाले एकपछि अर्को गरी रानूको गीत रिलिज गरिरहेका छन् । ‘तेरी मेरी कहानी’ र ‘आदत’ पछि हिमेश यतिबेला तेस्रो गीतको तयारीमा व्यस्त छन् । हालैमात्र हिमेशले तेस्रो गीतको झलक शेयर गरेका छन् । जहाँ रानूलाई पहिलेभन्दा निकै कन्फिडेन्सका साथ गाइरहेको देख्न सकिन्छ ।

हिमेशले भिडियो शेयर गर्दै लेखेका छन्, “अब आउने गीत ‘आशिकी मे तेरी’को झलक यस्तो छ । रानूजीको बहुमुखी प्रतिभा र उनको आत्मविश्वास हरेक गीतसंगै अघि बढिरहेको छ । उनको अनुहारमा हाँसो ल्याउन मद्धत गर्नुहुने तपाइँ सम्पुर्णलाई हार्दिक धन्यवाद ।” प्रस्तुत गीत १३ वर्ष अघि रिलिज भएको ‘३६ चाइना टाउन’ मा समावेश ‘आशिकी मे तेरी’को रिमेक हो ।

हरेक पटक झैँ यो भिडियोलाई पनि खुबै रुचाईएको छ । रानूको नयाँ आवाज र अन्दाजलाई थुप्रैले अत्यन्तै सकारात्मक कमेन्ट गरिरहेका छन् । १० वर्षदेखी रेलवे स्टेशन र रोडमा गाएरै आफ्नो गुजारा चलाउने रानू रातारात हिट भएपछि उनका बारेमा सामाजीक सञ्जालमा निकै ठुलो चर्चा चलेको हो ।

पश्चिम बंगालको नादिया जिल्लामा बस्ने ५५ वर्षे रानू मारिया मण्डल इन्टरनेटबाट चर्चामा आएकी थिईन् । पतिको असाहमिक मृत्युपछि छोरी लिएर सङ्घर्ष गरेकी रानूको सपना गायीका बन्नु थियो । तर गायनको क्षेत्रमा उनले निकै संघर्ष गर्नुप¥यो । ठाउँठाउँमा गाउँदै हिँड्ने भएपछि उनको छोरीले पनि उनको साथ छोडेकी थिईन् । आमाको सफलतासंगै उनको छोरी पनि फर्किएको खबर छ ।

कोलकाता रेलवे स्टेशनमा लता मंगेश्करको स्वरमा गाउने रानूलाई इनटरनेट बरदान नै साबित भएको छ । हामी इन्टरनेटमा त्यस्ता धेरै प्रतिभाहरू देखिरहेका छौं, जुन अहिले सम्म अनजान नै थिए ।

प्रतिक्रिया दिनुहोस्