दशैँमा ‘काले दाई’ प्रदर्शन हुने



चलचित्र ‘काले दाई’को फस्टलुक पोस्टर रिलिजसंगै प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र बिजया दशमीको अवसर पारेर असोज १७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

पारिवारिक प्रेमकथामा निर्माण भएको चलचित्र ‘काले दाई’लाई शिव शर्माले निर्देशन गरेका हुन् । चलचित्रमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । ईन्द्र रामजाली र किशन अर्याल लिखित चलचित्रमा पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्