मण्डलामा ‘महाभोज’



अनामनगरस्थित मण्डला नाटकघरमा नाटक ‘महाभोज’ मञ्चन हुने भएको छ । भदौ १४ गतेदेखि मञ्चन शुरु हुन लागेको नाटक राजनीतिक विषयमाथी केन्द्रित छ । यो राजनीति गरिबि माथीको राजनीति, सिमान्तवर्ग माथीको राजनीति, मृत्यु माथीको राजनीति लगायत अन्य धेरै कुरा हो ।

४० वर्ष अगाडि भारतमा मन्नु भण्डारीले लेखेको नाटकलाई नेपालीमा अनुवाद गरेर मञ्चन गर्न लागिएको नाटकलाई अनुप बरालले निर्देशन गरेका छन् । नाटकको अनुवाद कवि, लेखक विप्लव प्रतिकले गरेका हुन् ।

नाटकमा रमेश बुढाथोकी, विप्लव प्रतीक, दयाहाङ राई, राजन खतिवडा, शेखर चापागाईं, सृजना सुब्बा, बुद्धि तामाङ, विकास जोशी, विजय बराल, प्रदीपकुमार चौधरी, सोमनाथ खनाल, घनश्याम जोशी, मिलन कार्की, सागर दाहाल, आरजेश रेग्मी, रिजन परियार, सिके विष्ट, सपना चौधरी, रञ्जना ओली, उमेश तामाङ, राज न्यौपाने लगायत थुप्रै कलाकारले अभिनय गर्दैछन् । जम्बो टोलीलाई लिएर मञ्चन गर्न लागिएको नाटक देखाउन निर्देशक अनुप यतिबेला निकै हौसिएका छन् ।

असोज १२ गतेसम्म मञ्चन हुने ‘महाभोज’ सोमबार बाहेक हरेक दिन साँझ ५ः१५मा हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्