सात वर्षे बच्चाको मुखमा ५२६ दाँत



एक भारतिय बच्चाको तल्लो बंगाराको शल्यक्रिया गरेर ५२६ वटा दाँत निकालिएको छ । चेन्नईस्थित एक अस्पतालमा डाक्टरले सात वर्षको बच्चाको यति धेरै दाँत निकालेको हो । बच्चाको स्वस्थ्य दाँत भने यथावत् छ ।

सबिता डेन्टल कलेजका ओरल सर्जन डा. पी सेन्थिलनाथनले भारतीय मिडियालाई दिएको जानकारी अनुसार ती बालकको निकै लामो समयदेखि दायाँ बंगारामा सुन्निएको थियो । अत्यधिक सुन्निएपछि अभिभावकले उनलाई अस्पताल पुर्याएका थिए । एक्स–रे र सिटी स्क्यान गर्दा ति अनावश्यक र अविकसित दाँतहरुका बारेमा पत्ता लागेको थियो ।

दाँत बंगाराको भित्री भागमा थिए जसलाई बाहिरबाट देख्न मुश्किल थियो । शल्यक्रिया गर्दा त्यसमा ५२६ वटा साना, मध्य र ठूला आकारका दाँत पाईएको थियो । यस्तो घटना संसारको पहिलो भएको डाक्टरले दाबी गरेका छन् । डाक्टरले यो स्थितीलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम दिएका छन् । डाक्टरले दाँतको अस्वभाविक विकासको कारण मोबाइल टावरबाट हुने रेडिएशन जिम्मेवार हुनसक्ने बताएका छन् ।

यसअघि पनि सन् २०१४ मा एक किशोरको मुखबाट २३२ वटा दाँत निकालिएको थियो ।

– एजेन्सी

प्रतिक्रिया दिनुहोस्