संघर्षका दिन सम्झेर भावुक भए, जोन



मोडलिङबाट करियर शुरु गरेका बलिउड स्टार जोन अब्राहम यतिबेला आफ्नो चलचित्र ‘बाटला हाउस’लाई लिएर निकै चर्चामा छन् । उनको अभिनय कौशललाई तारिफ गर्ने थुप्रै प्रशंशकहरु छन् । बलिउडमा आफ्नो छाप छोड्न सफल जोन यतिबेला आफ्नो संघर्षका दिनहरु सम्झेर भावुक बनेका छन् ।

उनका अनुसार करियरको सुरवातमै उनले जीवनकै सबैभन्दा नमिठो भनाई सुन्नुपरेको थियो । मानिसहरु भन्थे उनी बलिउडमा रहन लायक छैनन् । उनमा यो इन्ड्रस्टिमा टिकिरहने क्षमता छैन । जोनले भने, “मैले पहिलो दिन नै नराम्रो प्रतिक्रिया पाएको थिएँ । त्यहाँबाट आज १७ वर्ष बितिसकेछ । जसले यसो भनेका थिए, उनीहरु मध्य धेरैको विवाह र बच्चा भईसकेको छ । कति रिटाएर भैसके त कतिले काम नै छोडिसके । म अझै यहि क्षेत्रमा छु ।”

मोडलिङमा सफल भएपछि चलचित्र ‘जिस्म’बाट जोनले बलिउडमा पाइला राखेका थिए । उनले अहिलेसम्म ‘पाप, ‘धूम, ‘गरम मसाला, ‘बाबुल’, ‘दोस्ताना, ‘न्यूयोर्क, ‘हाउसफुल ३’, ‘मद्रास कैफे’, ‘ढिसूम’, ‘रोमियो अकबर वाल्टर’ र ‘बाटला हाउस’ जस्ता कैयौँ चलचित्रमा काम गरिसकेका छन् ।

यतिबेला प्रदर्शनरत चलचित्र ‘बाटला हाउस’मा जोनसंगै मृणाल ठाकुर, रवि किशन, राजेश शर्मा लगायतले मुख्य भुमिकामा अभिनय गरेका छन् । चलचित्रलाई निखिल आडवााणीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्