‘ह्याप्पी बर्थ डे मनिषा !’



माशुम अनुहार, सुन्दर मुस्कान र अभिनयको दख्खलले चलचित्र नगरीमा आउने बित्तिकै मन जितेकी थिईन्, मनिषा कोईरालाले । वि.स १९७० साउनमा आजकै दिन माता सुष्मा कोइराला र पिता प्रकाश कोइरालाको सन्तानको रुपमा जन्मिएकी मनिषाले भारतिय चलचित्र ‘सौदागर’बाट आफ्नो करियर सुरवात गरेकी थिईन् ।

उनको उदेश्य चिकित्सक बन्नु थियो तर मोडलिङप्रतिको चाहानाले उनलाई अभिनेत्रीका रुपमा स्थापित ग¥यो । नेपालबाट भारत गएर बलिउडमा संघर्ष गर्नु कुनै सजिलो काम थिएन तर अनवरत यात्राले उनलाई सफल बनाएरै छाड्यो । उनले अभिनय गरेका थुप्रै चलचित्रहरु चर्चित छन् । ‘मन’, ‘इंसानियत के देवता’, ‘मुम्बई एक्सप्रेस’, ‘सञ्जु’ आदि उनले अभिनय गरेका चर्चित भारतिय चलचित्रहरु हुन् । उनले हिन्दि भाषी मात्र होईन तमिल र नेपाली भाषाका चलचित्रमा पनि अभिनय गरेकी छिन् । मनिषा भारतनाट्यम र मणिपुरी नृत्यकी कुशल नृत्याङ्गना पनि हुन् ।

हेर्दा उनको जीवन जति लोभलाग्दो लाग्छ, त्यति नै समस्यासंग उनले जुधेकी छिन् । उनका जीवनसाथी सम्राट दाहालसंग सम्बन्ध बिच्छेद हुनु, क्यान्सरजस्तो रोगको सिकार हुनु उनको जीवनको अध्याँरो पाटाहरु हुन् । तर आफ्नो सकारात्मक सोचले गर्दा उनले क्यान्सरजस्तो रोगलाई पनि हराईन् ।

उनको परिचय यतिबेला मोटिभेसनल स्पिकर पनि बनेको छ । रोगबाट पीडित र जीवनलाई एक अन्त्यका रुपमा सोच्ने थुप्रै व्यक्तिहरुका लागी उनी एक उदाहरण बनेकी छिन् । उनले आफ्नो जीवनका यावत् कुराहरु ‘हिल्ड’ नामक पुस्तकमा उल्लेख गरेकी छिन् । मनिषा थुप्रै व्यक्तिहरुका लागी प्रेरणाको श्रोत हुन् ।

जीवनका जस्तासुकै परिस्थितीलाई पनि साहसका साथमा जुध्ने यि अभिनेत्रीलाई नेपालकलाको तर्फबाट जन्मदिनको हार्दिक शुभकामना !

तस्विर स्रोत– सामाजीक सञ्जाल

प्रतिक्रिया दिनुहोस्