रेश्मी र शोभाको स्वरमा ‘तीज आयो लौ’ सार्वजनिक



तीज आउन अब केही दिन मात्र बाँकी छ । नेपाली महिलाहरको महान चाड नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरु पनि सार्वजनिक भएका छन् । हालै मात्र बजारमा ‘तीज आयो लौ’ बोलको गीत सार्वजनिक भएको छ ।

गोविन्द गौतमको शब्द, विकाश चौधरीको सङ्गीत रहेको गीतमा रेश्मी कार्की र शोभा गौतमले स्वर दिएका छन् । गीतको भिडियोमा अभिनेत्री अनु शाह लगायत कलाकार र गायीकाद्धयलाई फिचर्ड गरिएको छ । उषा मलाहा निर्देशीत गीतको भिडियोमा दिनेश माङ्गमुको कोरियोग्राफी, हरिनारायण चौधरीको छायांकन र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्