निता अभिनित ‘सोच’को ट्रेलर सार्वजनिक



एक्शन लभस्टोरी चलचित्र ‘सोच’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले बुधबार प्रेम र द्धन्द मिश्रीत ट्रेलर बुधबार इन्टरनेट रिलिज गरेको हो ।

चलचित्रमा निता ढुंगाना र प्रज्वल गिरी, नव अभिनेता पुजन सिहँले मुख्य भुमिकामा अभिनय गरेका छन् । यि कलाकारको अलावा उत्तम केसी, बिशाल पहाडी, सोनीका बास्तोला, किरण थापा, रितेश श्रेष्ठ लगायतले पनि अभिनय गरेका छन् । कृष्ण आचार्यको पटकथा तथा सम्वाद रहेको चलचित्रमा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत समावेश छ ।

सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको ‘सोच’लाई पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् । निर्देशक पुजनकै कथा रहेको चलचित्रमा गंगा रजक र एसडीको लगानी रहेको छ ।


बिदुर पाण्डेले छायाँकन गरेको चलचित्रमा प्रितम पाण्डेको सम्पादन छ । ‘सोच’ भदौ २० गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्