दीप श्रेष्ठको ”छोरी”मा विजय लामा र बेनिशा



चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’का मुख्य कोच, वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको  मर्मस्पर्शी गीत ”छोरी” को म्युजिक   भिडियो सार्वजनिक भएको छ।

मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको गीतको म्युजिक भिडियोमा क्याप्टेन विजय लामा र  नायिका बेनिशा हमाल र महिशा पुन थापा फिचर्ड छन भने भिडियोमा उत्सव दाहालको क्यामेरा ,बिकाश दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ ।

भिडियोलाई गोत्र इन्टरटेण्टमेन्टले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्