सर्वनाममा ‘अर्को कुरुक्षेत्र’



यतिबेला सर्वनाम थिएटरमा नाटक ‘अर्को कुरुक्षेत्र’ मञ्चन भईरहेको छ । साउन २४ गते देखी मञ्चन सुरु भएको नाटक भदौ २१ सम्म मञ्चन हुनेछ । सम्पदा मल्लको कथा रहेको नाटकलाई अशेष मल्लले लेखन र निर्देशन गरेका हुन् ।

महिलाको इतिहास, वर्तमान स्थिती र महिला अधिकारका बिषयमा बेलाबेला चल्दै आएको बहस नै नाटकको मुख्य केन्द्र हो । पौराणिक कथादेखी आजको युगसम्म नारीले भोग्नुपरेको पीडादायी स्थितीलाई यसले चित्रण गरेको छ । कथा भन्ने शैली पुरानै भएतापनि यसले उठान गरेको कुरा निकै जायज भएको दर्शकहरु बताउँछन् ।

नाटकमा अभिनेत्री उषा रजकले मुख्य भुमिकामा अभिनय गरेकी छिन् । नाटकमा उनी संगै मनोज महर्जन, मुकेश हमाल, बिन्दु बीएम, रिया भारती, पासलाक्पा शेर्पा, हिरा हमाल, धिरज थापामगर, शोमा कार्की, कसिना बोखिम लिम्बूको अभिनय रहेको छ । नाटक ‘अर्को कुरुक्षेत्र’ बिहीबार बाहेक हरेक साँझ ५ः३० बजे हेर्न पाइनेछ । अतिरिक्त शो अन्र्तगत शनिबार दिउँसो १ बजे पनि हेर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्