मेलिनाको स्वरमा ‘भेट किन भयो’



संगीतकार सुनिल राईको संगीत रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘भेट किन भयो’ बोलको गीतमा चर्चित गायिका मेलिना राईको स्वर छ । सार्वजनिक गीतको शब्द रचना रोवार्ड सिप्तुङ्गख राईले गरेका हुन् ।

भिडियो हेर्नुहोस्–

राजु कार्कीले एरेञ्ज गरेको गीतको भिडियो निर्देशक निशक खड्काले गरेका हुन् । लक्ष्मी बर्देवा र निराजन प्रधानलाई फिचर्ड गरिएको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । भने, भिडियो सम्पादनको जिम्मेवारी विकाश धमलाले सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्