बसन्त र एलिनाको ‘यो ज्यान कस्तो बेइमानी’



चर्चित संगीतकार बसन्त सापकोटा र एलिना चौहानको स्वरमा सजिएको ‘यो ज्यान कस्तो बेइमानी’ बोलको गीत सार्वजनिक भएको छ । गीतको शब्द र संगीत बसन्त सापकोटाकै हो भने एरेन्ज रिकेश गुरुङले गरेका छन् । मिक्सिङ कृष्ण महर्जनको हो ।

पछिल्लो समय एलिना चौहान नयाँ गीतहरुको साथमा आएकी छिन् । बसन्तले भने, “यो गीतमा एलिनाले निकै मेहेनत गरेकी छिन् । उनको स्वर पनि निकै राम्रो छ ।” भिडियोमा बसन्त र एलिना दुवै फिचर्ड छन् । गीत हेर्नुहोस्–

शान थापाले निर्देशन गरेको भिडियोलाई अजुृन तिवारीले खिचेका हुन् । राजिव समर सहायक निर्देशक रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन समावेश छ ।

प्रतिक्रिया दिनुहोस्