‘दुई मुटु एउटै पारी’ सार्वजनिक



गायक मातृका आचार्य र गायिका अस्मिता अधिकारीको आवाजमा सजिएको प्रेमिल गीत ‘दुई मुटु एउटै पारी’ भिडियोमा सार्वजनिक भएको छ। केही समय अघि अडियोमा भर्जनमा सार्वजनिक भएको यस गीतमा बिनिता बस्याल र यज्ञ बस्यालको अभिनय रहेको छ भने झोली प्रोडक्सनले यसलाई निर्माण गरेको छ।पुरुषोत्तम न्यौपानेको संगीत,संयोजन रहेको यस गीतको रचना स्वयं गायक मातृका आचार्यले नै गरेका हुन् र गीतको भिडियो निर्देशन जितु तामाङले गरेका छन् र यसलाई osrdigital ले बजारमा ल्याएको छ।

यसअघि गायक आचार्यका ‘मनभित्रको हिमाल’ र ‘घाटमा मलाई लाँदा’ भन्ने गीत पनि सार्वजनिक भैसकेका छन् । आगामी दिनमा अझै राम्रा गीतहरु सार्वजनिक गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्