मण्डला थिएटरमा ‘मैनदानी’



यतिबेला मण्डला थिएटरमा नाटक ‘मैनदानी’ मञ्चन भइरहेको छ ।

महान् कथाकार एन्टन चेखवद्वारा लिखित कथा ‘द वर्क अफ एन आर्ट’मा आधारित नाटकलाई संयोग गुरागाईँले निर्देशन तथा परिकल्पना गरेका हुन् । सिक्का इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको नाटकलाई युनिक केसीले निर्माण गरेका हुन् । नाटक ‘मैनदानी’ मा आयान खड्का, अंकित खड्का, विकास पन्त, देविशा लामिछाने, इंगी होपो कोँइच सुनुवार, मिलन कार्की, देविन चौधरी, नीकिता आचार्य, जेनी सुनुवार, रिजन परियार, सागर खाती लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सोमबार बाहेक हरेक साँझ ५:१५मा मञ्चन हुने यो नाटक असार १३ देखी साउन ५ सम्म मञ्चन हुनेछ ।

अतिरिक्त समय अन्तर्गत शनिबार दिउँसो १ बजे पनि हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्