गौरव, प्रमोद र अभयले अन्तर्वार्तामा खोले आफ्नै शिक्षिकालाई मन पराएको कुरा, भोलाले कसैलाइ जिस्काएनन्



कुम्भकरण’को प्रदर्शन मिति नजिकिँदै छ । यहि शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रका कलाकार प्रचारप्रसारमा व्यस्त छन् । आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा दिपक ओलीको कथा र निर्देशन, महेश दवाडीको पटकथा तथा संबाद रहेको छ । चलचित्रमा निशा अधिकारी, गौरव पहाडी, भोलाराज सापकोटा, अभय बराल, प्रमोद अग्रहरी का अलवा आकाश पल, कुलदिप अधिकारी, कमल गाँउले, प्रतिभा क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।

सस्पेन्स, कमेडी र लभस्टोरी कथामा आधारित चलचित्र पटक पटकको स्थगन पछि यतिबेला प्रदर्शनमा आउन लागेको हो । ‘कुम्भकरण’का कलाकार फरक विषयवस्तुमा हेर्न लायक चलचित्र बनेको बताउँछन् ।  हालैमात्र नेपाल चौतारीलाई दिएको अन्र्तवार्तामा चलचित्रका मुख्य कलाकार गौरव पहाडी , भोलाराज सापकोटा, अभयराज बराल, प्रमोद अग्रहरीले ‘कुम्भकरण’को बारेमा थुप्रै कुराहरु बताएका छन् । यो भिडियो हेर्नुहोस्–

चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको चलचित्रमा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेका छन् । रोम ओली र चुपनिधि रिजाल (अरुण) कार्यकारी निर्माता रहेको चलचित्रमा गोबिन्द मधुर आचार्यको संगीत, सुनिल बसेलको कोरियोग्राफी, हरि घले लामाको छायाँकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्