बिजुलिको काम गरेर नाजिरलाइ मासुभात खुवाउथे बुद्धि । संघर्षका दिन सम्झिदा भावुक बने



चलचित्र ‘बीर विक्रम २’ यतिबेला प्रदर्शन भईरहेको छ । चलचित्र हेरेका दर्शकले निकै राम्रो प्रतिक्रिया दिएको निर्माण युनिट बताउँछ । मिलन चाम्स निर्देशीत चलचित्रमा वर्षा सिवाकोटी, पल शाह, नाजिर हुसेन, बुद्धि तामाङले मुख्य भुमिकामा अभिनय गरेका छन् ।

कलाकारद्धय नाजिर हुसेन र बुद्धि तामाङले यसै चलचित्रमार्फत पहिलोपटक एकसाथ काम गरेका हुन् । एकअर्कासंग संगै स्क्रिन सेयर गर्दा निकै खुशी लागेको यि दुई बताउँछन् । नाजिर र बुद्धिले एकअर्कालाई चिनेको वषौँ भईसक्यो । अभिनयको यो यात्रामा आउने हरेक आरोह अवरोहसंग यि दुई परिचित छन् । नेपाल चौतारीलाई हालै दिएको एक अन्र्तवार्तामा यि दुईले आफ्नो विगतको थुप्रै कुराहरु सेयर गरे । मण्डलादेखी शुरु भएको चिनजान र कलाकारीताको संघर्षका थुप्रै किस्साहरु यि दुईले बताएका हुन् । एक अर्काको प्रशंशा गरेर नथाक्ने यि दुई कलाकारितामा निरन्तर लागिरहेका छन् । “बुद्धि दाईबाट मैले थुप्रै कुराहरु सिकेको छु । अभिनयमा उहाँले मलाई धेरै सहयोग गर्नुभएको छ ।” नाजिरले भने । बुद्धिले पनि नाजिरको क्षमताको प्रशंशा गर्दै उनको भविष्यको कामना गरे । अभिनयको क्षेत्रमा आएका विभिन्न संघर्षका कुराहरु उनीहरुले यसरी सेयर गरे–

चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र ‘बीर विक्रम २’मा अर्पण सापकोटा सह–निर्माताको रुपमा छन् । चलचित्रमा विनिसा भण्डारी, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको चलचित्र ‘बीर विक्रम २’मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, नवराज उप्रेतिको छायाङ्कन र बनिष शाहको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्