फिल्ममा जस्तै गरि हात्तीलाई चुम्बन गर्न खोज्दा युवक घाईते



भारतको कर्नाटकमा हात्तीलाई चुम्बन गर्न खोज्दा राजु नामक २४ वर्षीय एक युवक अस्पताल भर्ना भएका छन् । रक्सीले चुर भएका ती युवकले फिल्मी शैलीमा हात्तीलाई चुम्बन गर्न खोज्दा अस्पताल भर्ना हुनुपरेको हो ।

गाउँलेहरूका अनुसार, राजु हात्तीहरूको नजिक पुगेको थियो । घटना हुनुभन्दा केही मिनेट अघि उसले आफ्ना साथीहरूलाई एउटा कन्नड फिल्मको बारेमा कुरा गरिरहेको थियो । त्यसमा हिरोले एउटा हात्तीलाई किस गरेको दृश्य छ । ऊ पनि रक्सीले चुर भएर हात्तीलाई किस गर्न पुगेको थियो तर हात्तीले उसलाई घाइते बनाइदियो । जंगल र प्रहरी विभागका अधिकारीहरू ६ वटा हात्तीको झुण्डलाई कर्नाटक तमिलनाडु सीमाको जंगलतर्फ लान खोज्दैथिए ।एक हप्तादेखि हात्तीका यी झुण्डलाई जंगल फर्काउनका लागि निकै प्रयास गरिएको थियो । हात्तीहरूले डीएन डोड्डी गाउँ नजिक आँपको बगैंचा र काँक्रोको खेतमा निकै हानि पु–याएका थिए । कडा निर्देशन भए पनि स्थानीयहरू वन विभागको कारवाहीमा संलग्न हुन पुगे ।

वन विभागका अनुसार, ‘डीएन डोड्डी गाउँनजिक हात्तीहरूको तस्वीर खिच्न धेरै मानिस भेला भए । केहीले सेल्फी लिने प्रयास पनि गरे । तर भीड देखेर हात्तीको झुण्ड भड्कियो । हात्तीले मानिसलाई लखेटेपछि उनीहरू भागे ।’

ती युवकको अनुहारबाट रगत बगिरहेको देखियो । ऊ केही पनि बोल्न सकिरहेको थिएन । हामीले उसलाई तत्कालै अस्पताल लग्यौं । हात्ती आक्रमणबाट भाग्न खोज्दा ऊ रुखमा ठोकिन पुगेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्