पलको ट्यागले दिक्क आँचल भन्छिन्, “मलाई पल र पुष्प दुवै फापेको छ ।”



आँचल शर्मा पछिल्लो समय दर्शकले रुचाएकी अभिनेत्री हुन् । उनी थोरै चलचित्रमा अभिनय गरेर पनि दर्शकमाझ चिनिन सफल नायीका मध्य पर्छिन् । म्युजिक भिडियो होस् या चलचित्र दुवै उनलाई फापेको छ । यतिबेला उनी चलचित्र ‘दाल भात तरकारी’को प्रमोशनमा व्यस्त छिन् । यो शुक्रबारबाट उनले अभिनय गरेको यो चलचित्र देशभर प्रर्दशनमा आउँदैछ ।

मिडियामाझ आँचलको नाम मोडल तथा अभिनेता पल शाहसंग जोडिइरहेको नै हुन्छ । हुन पनि आँचलले पलसंग थुप्रै काम गरेकी छिन् । डेब्यु चलचित्रदेखी भएको सहकार्य पछिसम्म पनि कायम नै रह्यो । दुवैको जोडी निकै सुहाएको भन्दै दर्शकले पनि उनीहरुलाई कमेन्ट गरिरहेका हुन्छ । ‘आँप’ जोडीका रुपमा चिनिएको आँचल र पलको सम्बन्ध रियल लाईफमा पनि भइदिए हुन्थ्यो भनेर कामना गर्ने दर्शकहरु पनि धेरै छन् । हरेक चलचित्रको गीत होस् या ट्रेलर युट्युब रिलिज हुँदा कमेन्टमा जोडी सुहायो भनेर लेख्नेहरुको कुनै कमी छैन । यो कुरालाई आँचल स्विकार्दै भन्छिन्, “धेरै लेखिदिदा चाहिँ कहिलेकाहिँ दिक्क हुन्छु । लेख्नु त ठिकै हो तर अरुसंग अभिनय गर्दा पनि पल खै भनेर सोध्नुहुन्छ ।” उता पल पनि यो कुराले दिक्क छन् । सार्वजनिक कार्यक्रममा जाँदा समेत ‘आँचल खै त ?’ भनेर गरिने प्रश्नले उनी अक्क न बक्क पर्छन् ।

“हल्ला मात्र हो की साँच्चै हो त यो सम्बन्ध ?” भन्ने प्रश्नमा आँचल भन्छिन्, “हामी मिल्ने साथी मात्र हौँ । एकअर्कासंग काम गर्दा हामी कम्फर्ट फिल गर्छौँ, त्यतिमात्र हो ।”

यतिबेला आँचलले अर्का नायक पुष्प खड्कासंग चलचित्रमा जोडी बाँधेकी छिन् । ‘दाल भात तरकारी’मा आँचल र पुष्पले पहिलोपटक एकसाथ काम गरेका हुन् । पहिलोपटक भएपनि काम गर्न निकै सहज भएको दुवैको भनाई छ । पुष्प भन्छन्, “यो चलचित्र मार्फत हाम्रो जोडीलाई दर्शकमाझ ल्याउँदैछौँ । सार्वजनिक गीत र ट्रेलर हेरेर दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ ।”

हालै मात्र युट्युब च्यानल नेपाल चौतारीलाई दिएको अन्र्तवार्तामा आँचल र पुष्पले आफ्ना थुप्रै कुराहरु सेयर गरेका छन् । उक्त अन्र्तवार्तामा चलचित्र छायांकन गर्दाका रमाईला पल लगायत एकसाथ काम गर्नुको अनुभव बताएका छन् । भिडियो हेर्नुहोस्–

तस्विर स्रोत– सामाजीक सञ्जाल

प्रतिक्रिया दिनुहोस्