कुलेन्द्रलाई फापेको “सालको पात”, कार्यक्रममा टपरीको टोपी लगाउँदा यस्तो रमाईलो



कुलेन्द्र विश्वकर्मा अहिलेका चल्तिका गायक हुन् । उनको परिचय गायकमा मात्र छैन, संगीतकार र कुशल मोडलका रुपमा पनि उनलाई चिनिन्छ । पछिल्लो समय उनको गीत “सालको पात” अत्याधिक हिट भयो । सामाजीक सञ्जाल लगायत विभिन्न कार्यक्रममा यो गीत कतै छुटेन । लय, शब्द, संगीत र प्रस्तुतिको उत्कृष्ट संगमले हिट हुन सफल यो गीतले कुलेन्द्रलाई फेरी चर्चामा ल्यायो । हुन त यो भन्दा अघि नै उनका केयौँ गीतहरु निकै हिट थिए । तथापी यो पटक फेरी आफ्नो मेहनत सफल साबित भएकोमा उनी निकै खुशी छन् ।

पर्वत जील्लाको देउरालीमा जन्मिएका कुलेन्द्र आफ्नो गाउँ परिवेशलाई नै आफ्नो गायनको प्रेरणाको रुपमा लिन्छन् । सानैदेखी गायनक्षेत्रमा आकर्षित भएका कुलेन्द्रले गायक बाहेक अरु पेशामा लाग्ने सोचेनन् । १५ वर्षदेखी यहि क्षेत्रमा अनवरत लागिरहेका उनी यसै क्षेत्रमा आफ्ना सम्पुर्ण जीवन बिताउन चाहन्छन् । स्टेज कार्यक्रम लगायत देश विदेशका विभिन्न कार्यक्रममा व्यस्त यि गायकलाई रेकर्डिङमा पनि भ्याइनभ्याइ छ । “सालको पात” लगायत “नजाउ है सान पधेँरीमा”, “जिम्मवाल बा को आँगनीमा”, “डाँडै फुर्के सल्लो” जस्ता गीतहरु उनका चर्चित गीतहरु हुन् । उनको गीतहरुमा प्रायः ‘साल’ छुट्दैन र यो शब्द समावेश भएको गीत हिट पनि भैहाल्छ । यसलाई स्विकार गर्दै उनी भन्छन्, “मेरो लागी यो लक्की साबित भएको छ । मैले त सालको पातलाई ढोग्नुपर्छ”


हालै मात्र कार्यक्रम ‘कमेडि होस्टल’को सेटमा पुगेका कुलेन्द्रले आफ्नो सांगीतिक जीवनका बारेमा थुप्रै कुराहरु बताएका छन् । उनले यस कार्यक्रममा आफ्ना व्यक्तिगत कुरादेखी संगीत क्षेत्रमा आउनुका कारण पनि बताएका छन् । “बजारमा कुलेन्द्र महङ्गा भए नी” भन्ने आरोप लागेको छ नी भन्ने प्रश्नमा उनी भन्छन्, “मैले आफ्नो भ्यालु राखेको मात्र हो । यो क्षेत्रमा यति धेरै मेहनत र लगाव भएपछि त्यसको प्रतिफल त पाउनु परिहाल्यो नि । ”
‘कमेडि होस्टल’को उक्त अंक हेर्नुहोस्–

‘कमेडि होस्टल’ केहि वर्ष देखि निरन्तर रुपमा प्रशारण भईरहेको लोकप्रिय कार्यक्रम हो । हरेक शनिबार ७ बजे नेपाल टेलिभिजनमा प्रशारण हुने कार्यक्रममा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरुसंग रमाइलो कुराकानी गरिन्छ । नेपालकला टेलिभिजनले निर्माण गरेको कार्यक्रम ‘कमेडि होस्टल’ को उक्त अंकमा कार्यक्रम सञ्चालकका रुपमा यादव देवकोटा (सरापे), हरीशा बानियाँ (भुनियाँ) र रेशम बुढाथोकी (सेते मामा) प्रस्तुत छन् । नवराज खड्काको निर्देशन रहेको यो कार्यक्रमलाई निर्देशक दीपा बस्नेतले निर्माण गरेकी हुन् । यो कार्यक्रम नेपाल टेलिभिजनका साथमा नेपालकलाको युट्युब च्यानलमा पनि हेर्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्