महिनावारी रोकिएको ४ वर्षपछि आमा बनिन् एक महिला



महिनावारी सुकेको ४ वर्षपछि पनि हाम्रै नेपालमा एक महिला आमा बन्न सफल भएकी छिन् । ५४ वर्षीया यि महिलाले गत आइतबार काठमाडौंस्थित बयोधा अस्पतालमा जुम्ल्याह सन्तानलाई जन्म दिएकी हुन् । उनको सन्तान टेष्ट ट्युब बेवी प्रविधिबाट जन्मिएको हो । छोरीको तौल १ दशमलव ६ किलोग्राम र छोराको १ दशमलव ४ किलोग्राम छ ।
‘इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रविधि अर्थात् टेष्ट ट्युव बेवी प्रकृयाबाट महिनावारी सुकेको महिलालाई समेत हामी आमा बनाउन सफल भयौँ’, ललितपुरस्थित अल्का आइभीएफ एण्ड फर्टि्लिटी सेन्टरका आइभीएफ विशेषज्ञ डा. नुतन शर्माले भनिन्,‘एकवर्ष देखि उनी हाम्रो केन्द्रमा बाँझोपनको उपचार गराइरहेकी थिइन् ।’ डा. शर्माका अनुसार मुलुकको सन्दर्भमा उमेर बढ्दै जाँदा महिलाको हर्मोनमा आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण समेत ५४ वर्षको उमेरमा गर्भाधारण हुनु असामान्य कुरा हो ।
दुईवर्ष देखि सन्तान पाउने प्रयास जारी राखे पनि गर्भधारण गर्न नसकिरहेका महिला, डिम्बको नली बन्द भएका महिला,शुक्रकिटको गणना अत्यन्त कम भएका पुरुष लगायत अन्य समस्या भएकाहरुले आईभीएफ प्रकृया अपनाएर सन्तान प्राप्त गर्ने गरेका छन् ।
नेपालमा पहिलो पटक २०६१ साल फागुन २० गते ओम अस्पतालको आईभीएफ सेन्टरबाट बाबु राजेन्द्र तामाङ र आमा सन्ध्याबाट पहिलो टेस्ट ट्युब बेबीको जन्म भएको थियो ।
श्रोत– कान्तिपुर

प्रतिक्रिया दिनुहोस्