यस्तो छ, ६८ वर्षदेखि पालिएको विश्वकै लामो नङ




मान्छेका शौख पनि थरिथरिका हुन्छन् । तर त्यहि शौखले कहिलेकाँही मान्छेलाई एक्कासी चर्चामा पनि ल्याउने गर्दछ । भारतको पुनामा बसोबास गर्ने एक व्यक्तिले केही महिना अघि मात्र विश्वकै लामो नङ पाल्ने व्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाएका छन् ।

न्यूयोर्कमा एक कार्यक्रममा माझ ८२ बर्षीया श्रीधर चिल्ललले १४ वर्षको उमेरदेखि पालेको नङ काटेका हुन् । उनले आफ्नो बायाँ हातमा पालेको नङको लम्बाई २९ फिट १०.१ इन्च लामो थियो । नङ काटेपछि उक्त नङलाई सार्वजनिक प्रर्दशनमा पनि राखिएको थियो । उनले नङ पाल्नुको कहानी पनि रोचक छ । विद्यार्थीकालमा उनले आफ्नो एक शिक्षकको नङ भाचिदिएका थिए । रिसाएका शिक्षकले नङ पाल्न कति कठिन छ भनेर आक्रोशित भएपछि उनले आफ्नो पनि पाल्न शुरु गरेका थिए । तर उनलाई नङ पाल्न भने सजिलो थिएन । राति सुत्दा उक्त नङ नभाच्चियोस् भनेर उनी आधा आधा घण्टामा बिउँझिन्थे । नङ्गको सुरक्षाको लागि उनी धेरै हलचल पनि गर्दैनथे ।

प्रतिक्रिया दिनुहोस्